.

एउटै रोगका लागि भिन्नाभिन्नै कम्पनी औषधि सिफारिस गर्नुको कारण छ

 

औषधि कम्पनी वा एमआरले सिफारिस गरेको भरमा चिकित्सकले बिरामीलाई औषधि दिने गर्छन् भनिन्छ नि ? यसो गर्दा औषधिको गुणस्तरमा कुनै कमी आउँछ कि आउँदैन ?

सजिलो भाषामा बुझाउँदा हामीले चाउचाउ किन्दाको कुरा सम्झौं । हामीलाई चाउचाउ खान मन लाग्यो । पसलमा गएर चाउचाउ खाउँ न भनेर मागियो भने पसलेले जुनसुकै ब्राण्डको चाउचाउ पनि दिन सक्छ । तर चाउचाउमा क्वालिटी र मूल्य त फरक हुन्छ नि । त्यस्तै हो औषधिमा पनि । चाउचाउ वा अन्य सामग्री खरिदकर्ताको रोजाइ अनुसार खरिद गरिन्छ तर औषधि अलिक संवेदनशील कुरा भएकोले डाक्टरको रोजाइ अनुसार खरिद गरिन्छ । त्यसैले डाक्टरले बिरामीलाई औषधि लेख्ने बेलामा नै  बिरामीको स्वास्थ्य अवस्था, ऊ बस्ने ठाउँमा औषधि पाइन्छ कि पाइँदैन ? भन्ने भौगोलिक अवस्था र आर्थिक अवस्था हेरेर औषधि लेखिदिनुपर्छ ।

औषधि सेवनको कुनै विशिष्ट विधि छ ? अर्थात् कुनै यस्तो समय हुन्छ कि हुँदैन जतिबेला जुन सुकै औषधि खाँदा पनि प्रभावकारी होस् ।

औषधिको सेवन विधि र समय औषधिको विशेषता अनुसार फरक हुन्छ । औषधिले शरीरमा प्रभाव पार्नको लागि ३ प्रकारको संयोग मिल्नुपर्छ । पहिलो केमिकल, जुन औषधिमा पाइन्छ । दोस्रो औषधिसँगको सूचना, जुन चिकित्सकहरुले कहिले कसरी लिने भनेर सुझाव दिन्छन् । तेस्रो भनेको औषधिप्रतिको विश्वास, जुन आफैँभित्र हुनुपर्ने कुरा हो । सिटामलको चक्कीले मात्रै केही पनि हुँदैन, औषधि प्रभावकारी बन्नको लागि यी ३ कुराको संयोग मिल्नुपर्छ ।

योसँगै औषधि खाने समयले पनि प्रभाव पार्छ । जस्तो, धेरै मान्छेले भोग्ने हाइपोथाइराइडको समस्या छ भने उसलाई विल्कुल बिहान केही पनि नखाइ खाने औषधि दिनुपर्छ । त्यो खाना खाएपछि खाँदा प्रभावकारी हुँदेन । आइरन चक्की खाली पेटमा खाए पनि त्यस्तो असर त हुँदैन । तर हामी यसलाई सकेसम्म खानापछि खानुस् भन्छौं । खानापछि खाँदा बढी प्रभावकारी हुन्छ । दुखाइ कम गर्ने जस्ता औषधिहरु खानापछि नै प्रभावकारी हुन्छ । हड्डीको समस्या समाधानको लागि बिसफस्फोनेट समूहको औषधि एक गिलास पानीसँग खाने र खाइसकेपछि एक घण्टासम्म ठाडो बस्ने र नसुत्ने सुझाव दिइन्छ । त्यसैले प्रभावकारिताको लागि यही नै साझा समस्या भन्ने हुँदैन । औषधिको विशेषता अनुसार चिकित्सकसँगको सल्लाहमा औषधि खानुपर्छ ।

खरिद गरेर ल्याएको औषधि घरमा राख्दा के कुरामा ध्यान दिने ?

औषधिको प्रभावकारितामा भण्डारणको पनि ठूलो भूमिका हुन्छ । कतिपय औषधिहरु घरमा राख्दा पनि धेरै ध्यान पुर्‍याउनु पर्ने हुन्छ । फ्रिजमा राख्ने औषधि २ देखि ८ डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा राख्नुपर्छ भने अरू सामान्य औषधिहरू कोठाको तापक्रम अर्थात २५-३० डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा सिधा घाम नपर्ने ठाउमा राख्नु पर्छ। जस्तो, इन्सुलिन फ्रिजमा राख्नैपर्छ । प्रायः औषधिलाई सिधा घामको किरणबाट बचाउनु पर्छ । औषधिहरु घरमा राख्दा २ देखि ८ डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा राख्नुपर्छ भनिन्छ । हर्ट एट्याक्टको औषधिमा सिधा सूर्यको किरण पर्यो भने त्यसको त्यसको प्रभावकारिता शून्यप्रायः हुन्छ । हुन त त्यस्ता औषधिको सुरक्षाको लागि औषधि कम्पनीले पनि सोही अनुसारको प्याकेजिङ गरेको हुन्छ । तर हामीले पनि भण्डारणमा ध्यान दिनुपर्छ ।

औषधिको साइड इफेक्टबाट बच्न सकिन्छ ?

साइड इफेक्ट औषधिपिच्छे फरक हुन्छ । सबै औषधिले साइड इफेक्ट गराउँछ । हामीले खाने खानाको पनि साइड इफेक्ट हुन्छ । तर यसलाई राम्रोसँग परामर्श लिएर प्रयोग गर्ने हो भने धेरै हदसम्म यसको साइड इफेक्ट कम गर्न सकिन्छ भन्ने हो । हामीले छुरी चलाउँदा हात काट्ने सम्भावना कति हुन्छ ? त्यसलाई रोक्न के गर्ने ? भन्नेकुरा हो । सावधानीसँग चलाइयो भने औषधिबाट पनि कम साइड इफेक्ट भोग्न सकिन्छ । तर इफेक्ट भने हुन्छ । भनिन्छ, औषधिको ३ वटा सम्भावना हुन्छ । एउटा समस्या ठीक हुन्छ, दोस्रो राम्रो औषधि परेन भने रोग बिग्रिएर जान्छ र झनै समस्या हुन्छ, तेस्रोमा औषधिले साइड इफेक्ट निम्त्याउँछ । त्यसैले, औषधिलाई समस्या ठीक गराउने गरी प्रयोग गर्नुपर्छ ।

एलोपेथिक औषधिको तुलनामा आयुर्वेदिक राम्रो भनिन्छ नि, के यो सही हो ?

औषधि राम्ररी काम गर्नको लागि ३ किसिमको संयोग मिल्नुपर्छ भन्ने कुरा मैले माथि नै भनिसकेँ । त्यसमध्ये महत्वपूर्ण कुरा विश्वास पनि हो । जुन हामीले कोरोनाको बेलामा थाहा पायौं कि आत्मविश्वासले कति धेरै महत्व राख्दो रैछ भनेर । विश्वासलाई पनि हामीले बेवास्ता गर्न सकिँदैन । कसैलाई आयुर्वेदिक औषधिले मात्रै ठीक गर्छ भन्ने लाग्छ भने उसले पनि ढाँचा मिलाएर प्रयोग ग¥यो भने त्यो पनि विश्वास हुन सक्छ । तर यति हुँदाहुँदै पनि आयुर्वेदिक औषधिको चाहिँ साइड इफेक्ट नै हुँदैन भन्ने चाहिँ होइन ।

Share on Google Plus

About kshitiz

    Blogger Comment
    Facebook Comment
जनदृष्टि
जनदृष्टि